१६ पुस, काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो ।
तर, विपक्षीले दोस्रो पटक संसदमा राष्ट्रपतिको कदमविरुद्ध ल्याएको महाभियोगको प्रस्तावमा सत्ता पक्षको समर्थनमा पारित भएपछि राष्ट्रपति योल निलम्बित भएका थिए। उनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ।
युनलाई पुनस्र्थापित गर्ने वा उनलाई पदबाट स्थायी रूपमा हटाउने भन्ने बारेमा संवैधानिक अदालतको हातमा रहेको छ भने राष्ट्रपतिविरुद्धको सुनुवाइ र निर्णय गर्न अदालतसामू १८० दिन छ।












