सुनको भाउ एक सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , १० पुस । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय पाँच रुपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्