२६०० बिन्दुमै फर्कियो बजार, नेप्से २८.९१ अंकले बढ्दा कारोबार घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष ८ । सेयर बजार फेरि २६०० बिन्दुमै फर्किएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अंक अर्थात् १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा रोकिएको हो। 

अघिल्लो कारोबार दिन आइतबार नेप्से १३.५३ अंकले घटेर २५८३.१९ बिन्दुमा रोकिएको थियो भने गत साताको बिहीबार पनि ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा सीमित भएको थियो। 

सोमबार सूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ। आज नेप्सेमा कुल ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।

अघिल्लो कारोबार दिन आइतबार भने कुल ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

सोमबार कारोबारमा आएकामध्ये १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्