सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ८ पुस । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्