सुनको मूल्य तोलामा ११ सयले बृद्धी

खबर बुक
  • ख-
  • ख
  • ख+

७ पुस, काठमाडौं ।नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार १०० र चाँदी ३० रुपैयाँले बढेको छ ।

गएको शुक्रबार प्रतितोला एक लाख ४८ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आजका निम्ति एक लाख ४९ हजार ६०० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार हुनेछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्