सुन तोलाको १७ सय घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ४ पुस ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। बुधबार एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्