नेप्सेले गर्‍याे बोटलर्स नेपाल बालाजुको सेयर कारोबार स्थगन, यस्तो छ कारण

खबर बुक
  • ख-
  • ख
  • ख+

 २ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोटलर्स नेपाल लिमिटेड (बीएनएल) बालाजुको सेयर कारोबारमा रोक लगाएको छ। कम्पनीले लाभांश नदिने सम्बन्धमा गरेको निर्णयको जानकारी बोर्डमा समयमा नगराएको भन्दै नेप्सेले धितोपत्रको कारोबार स्थगन गरेको हो।

नेप्सेका अनुसार कम्पनीको २०८१ मंसिर ५ गते बुधबार सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०र८१ को लाभांश नदिने सम्बन्धी निर्णय गरेको थियो। तर, कम्पनीले सोको जानकारी नेप्सेमा पुस २ गते मात्रै गराएको छ। सोही कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिदिएको हो।

विनियमावलीअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेुस गर्नुपर्ने हुन्छ।

उक्त व्यवस्था पालना नगरेकोले कम्पनीको धितोपत्रको कारोबार स्थगन गराउँदै नेप्सेले उक्त पत्र प्राप्त भएको तीन कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो? भन्ने विषयमा स्पष्टिकरण पेस गर्न निर्देशन दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्