भोलिदेखि एनपिएल क्वालिफायर खेल, टिकट मूल्य कति? 

खबर बुक
  • ख-
  • ख
  • ख+

 २ पुस, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को रौनक जारी छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कूल आठ टोली सहभागी एनपिएलको प्लेअफ समीकरण पूरा भएको छ।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सको जितसँगै प्लेअफको समीकरण पूरा भएको हो। सुदूरपश्चिमसँग पराजित भए पनि रनरेटका आधारमा कर्णाली याक्स प्लेअफमा पुगेको छ।

प्लेअफमा सुदूरपश्चिम र कर्णालीसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले स्थान बनाएको छ। एनपिएलको क्वालिफायर खेल भोलिदेखि सुरु हुँदैछ। पहिलो क्वालिफायर खेल सुदूरपश्चिम र जनकपुरबीच हुनेछ। 

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्ने छ। चितवन र कर्णालीले एलिमिनेटर खेल्ने भएको हो। यी खेलहरू बुधबार हुनेछ।

प्रतियोगितका लागि क्यानले यसअघि नै टिकट मूल्य कायम गरेको थियो। क्यानका अनुसार भोलिदेखि सुरु हुन लागेको प्लेअफका खेलमा जनरल टिकट ५०० रुपैयाँ र भिआइपी टिकट ७००‌ रुपैयाँ कायम गरिएको छ। फाइनल खेलको जनरल टिकट ५००‌ र भिआइपी टिकट १००० रुपैयाँ तोकिएको छ।

यसअघि सम्पन्न भएका उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैयाँ हुँदा भिआइपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ थियो। लिग चरणको बाँकी खेलहरूको जनरल टिकट मूल्य ३०० र भिआइपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्