यू-१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, पुष १ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ ।

हङकङ यू-१९ टोलीले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालले अतिरिक्त (वाइड र एलबी)बाट २० रन जोड्यो । हङकङका डानियल म्यापले ४ तथा थोम्स अलेक्जेन्डर फुजेस, शायन पुरी र ह्यारी होडसनले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेले पहिले ब्याटिङ गरेको हङकङले ४१.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्