काठमाडौं, पुष १ । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।
नेपालले भोलि भारतसँग खेल्ने छ ।











