एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाल प्रिमियर लिग (एनपीएल) मा समूह चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे खेल हुनेछ ।

यसअघि हिजोको खेलमा पोखरालाई हराउँदै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । पोखरा यसअघि नै प्लेअफ पुग्नबाट बाहिरिसकेको छ । आज कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्