नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं सँग विराटनगर पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर ३० । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाइ पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा काठमाडौंले विराटनगरलाई १ विकेटले पराजित गरेको हो ।

जितसंगै काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको छ । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८ दशमलव १ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो ।

त्यस्तै आइतबार नै भएको दोश्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशमलव ४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमवार कर्णालीको सामना गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्