३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् ।
यस्तै दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।
लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् । अब हुने लिग चरणका तीनवटा खेलले प्ले अफमा पुग्ने तीनवटा टोलीको टुङ्गो लगाउनेछ ।











