एनपीएल : पाेखरा र काठमाण्डाै तथा चितवन र जनकपुर खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , मंसिर २९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् ।

बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ । काठमाण्डौ ५ खेलमा ४ अङ्कसहित छैटाैं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्