अण्डाको मूल्य बढ्यो, कुन साइजको मूल्य कति पुग्यो ?

खबर बुक
  • ख-
  • ख
  • ख+

२८ मंसिर, काठमाडौं ।अघिल्लो हप्ता मात्रै बढेको अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको हो ।

यसअघि मंसिर २२ गते अण्डाको मूल्य वृद्धि भएको थियो । आज बसेको संघको भर्चुअल बैठकले चितवनलाई आधार बनाएर भोलिदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्नेछ भने ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो । अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ कायम छ ।

संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोसम्म पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित मूल्य समायोजन गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्