काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २७ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बिजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्स र जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पराजित गरेको हो ।

बिहीबार भएको पहिलो खेलमा पोखराले विराटनगर किंग्सलाई सुपर ओभरमा १३ रनले हरायो । त्यसअघि १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर हो ।

त्यस्तै बिहीबार भएको दोश्रो खेलमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गर्यो । जितसंगै जनकपुर एक खेल अगावै एनपिएलको प्लेअफमा प्रवेश गरेको छ । खेलमा काठमाडौंले दिएको १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ दशमलव ३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल बनाएको थियो ।

एनपिएल अन्तर्गत शुक्रबार हुने पहिलो खेल लुम्विनी लायन्स् र कणार्ली याक्स तथा दोश्रो खेल विराटनगर किंग्स् र चितवन राइनोज्बीच हुने क्यानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्