सिमेन्टको मूल्य घट्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौं, २७ मंसिर । सिमेन्ट उद्योगी व्यवसायीहरू सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् ।

हिजो निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले काठमाण्डौ उपत्यकामा ओपीसी सिमेन्ट सात सय रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताए।

यस्तै काठमाण्डौ उपत्यकामा अब पीपीसी सिमेन्ट छ सय रुपैयाँमा पलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । सिमेन्टको मूल्य बोराको सात सय ८० रुपैयाँसम्म पुगेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्