लुम्बिनीविरुद्ध जनकपुर एक रनले विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ मंसिर । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जित हो । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो । जनकपुरले तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्