नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग विराटनगर किंग्स ७ रनले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हाँसिल गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार जित हासिल गरेको हो ।

जितसंगै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीको यो लगातार तेस्रो हार हो । लुम्बिनीका लागि विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो । सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए ।

त्यस्तै शनिबार नै भएको दोश्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गर्यो । कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । विराटनगर किंग्सका लागि निकोलस कीर्तनले सर्वाधिक ४० रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय ३३ रन मात्र जोड्यो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रन जोडेका थिए ।

प्रतियोगीता अन्तर्गत आइतबार पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्विनी लायन्स तथा दोश्रो खेलमा सुदूरपश्चिम र चितवन राइनोजबीच प्रतिष्पर्धा हुने क्यानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्