२८०० नजिक पुग्दै फर्किँदै बजार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २० ।  लगातार दुई दिन बढेको सेयर बजारमा फेरि गिरावट आएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा रोकिएको छ। 

पछिल्लो केही कारोबार दिन यता नेप्से २८०० नजिक पुगेपनि सो बिन्दुलाई छुन सकेको छैन। आज नेप्से २७९५.७८ बिन्दुसम्म पुगेको थियो भने मंगलबार पनि २७९३.०३ बिन्दुसम्म पुगेर कारोबार बन्द हुँदा २७७५ बिन्दुमा खुम्चिएको थियो। 

अघिल्लो कारोबार दिन मंगलबार नेप्से १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको थियो। सोमबार पनि नेप्से १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा बन्द भएको थियो। 

बुधबार नेप्सेमा कुल ९ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार कुल १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्