कर्णाली याक्स माथी जनकपुर वोल्ट्स ८ विकेटले विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर १७ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले जित निकालेको छ।

कर्णालीले दिएको एक सय ४२ रनको लक्ष्य जनकपुरले २ विकेट गुमाएर भेट्टाएको हो। लक्ष्य भेट्टाउने क्रममा कप्तान अनिल साहले अविजित ६२ रन बनाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो।
यसअगाडि जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो। उद्घाटा खेलमा जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५।३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्