कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ , मंसिर १४ ।  अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सको मुख्य प्रायोजक बनेको छ।

महिन्द्रा अग्नी ग्रुपसँग शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरेका हुन्।

कर्णाली याक्सको महिन्द्रा लेखिएको जर्सी पनि शुक्रबार नै सार्वजनिक गरिएको छ। 

यसैगरी कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता भएको छ। कार्यक्रमा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थित थियो।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्