सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १२ मंसिर ।स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो ।

यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्