प्रतितोला १ लाख ४८ हजार रुपैयाँमा झर्‍यो सुनको मूल्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ मंसिर। मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ६०० रुपैयाँले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ। 

सोमबार तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। यसअघि प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मङ्गलवार तोलामा १ हजार ८२० रुपैयाँ मूल्य कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्