काठमाडौँ । अखिल नेपाल फुटबल संघले यहि २०८१ मंसिर ६ गते जारी गरेको शहिद स्मारक बि डिभिजन लिग सम्बन्धी सुचनामा क्लबहरुले ध्यानाकर्षण भएको जनाएका छन । एक प्रेस विज्ञप्ती जारी गदै क्लवहरुले उक्त सुचनामा उल्लेख भएको लिग गर्ने सम्बन्धी कार्ययोजना बनाउदा क्लबहरु सँग छलफल नै नगरी प्रस्ताव गरिएता पनि बि डिभिजन लिग गर्ने एन्फाको मनसायको हामी स्वागत गरेको जनाएका छन । लिग हुनुपर्ने, सधैं हुनुपर्ने र अझ बार्षिक क्यालेण्डर बनाएर नै गर्नुपर्ने मान्यतामा अविचलित रहेको भनाई छ ।
२०७८ सालमा सम्पन्न भैसकेको बि डिभिजन लिगको टिम तयारी बापत पाउने रकम नपाएपनि एन्फाको वार्षिक कार्यक्रम र लिग हुने कुरामा कुनै अबरोध नपुगोस भनेर २०७९ को बि डिभिजन लिग खेल्न सबै क्लब तयार भएपछिको घटनाक्रम यस प्रकार छ ।
– एन्फा कार्यसमितिले छलफल गरी लिग गर्ने सम्बन्धमा गरेको निर्णय २०७९ असोज १२ गते सम्पन्न एन्फाको विशेष साधारण सभाबाट पारित
– २०७९ पौष २६ गते एन्फा र बि डिभिजन क्लबहरु बिच भएको छलफलबाट २०७९ चैत्र १५ बाट लीग सुरु गर्ने निर्णय
– २०७८ सालमा सम्पन्न भैसकेको बि डिभिजन लिगको टिम तयारी बापत पाउने रकम अझसम्म नपाए पनि एन्फाको वार्षिक कार्यक्रममा कुनै अबरोध नपुगोस भनेर २०७९ को लिग खेल्न सबै क्लब तयार भएको
– तयारी खर्च बापतको रकम २ किस्तामा दिने, २०७९ माघ २८ भित्र पहिलो किस्ता दिएपछि माघ २९ गतेसम्म टिम दार्ता गर्ने, चैत्र ६ भित्रमा कम्तिमा २० खेलाडी दर्ता गर्ने
– माथी उल्लेखित सहमति अनुसार नभएपछि २०७९ फागुन २९ गते क्लबहरुको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएको
– सो सम्बन्धमा सुनुवाई नभएपछि एन्फा महासचिव र अध्यक्षलाई पटकपटक भेटदा लिग निश्चित समयमा नै हुने आश्वासन पाएको
– लिग गर्ने सम्बन्धमा इमान्दार नभएको हो कि भन्ने लागेर २०७९ फागुन १७ गते सबै व्यहोरा समेटेर पुन ज्ञापन पत्र बुझाएको
-२०७९ माघ ५ गते एन्फाले पठाएको पत्र अनुसार तयारी खर्चको निकासाको लागी फिफाको सुझाब अनुसार तयार पारेको सम्झौता पत्रमा क्लब र एन्फाको हस्ताक्षर गरेको, तुरुन्तै रकम उपलब्ध गराउने भने पनि हालसम्म प्राप्त हुन नसकेको
– लिग नहुने अवस्था देखेपछि पटकपटक बि डिभिजन क्लबहरुले नै एन्फालाई ध्यानाकर्षण गराउँदा पनि लिग हुने संभावना
न्यून भएपछि हामीले २०७९ चैत्र ३ गते पत्रकार सम्मेलन गरेर जसरी पनि बि डिभिजन लिन सुरु गर्न दबाब दिएको,
– २०७९।१२।१५ मा सुरु गर्नुपर्ने खेल एन्फाद्वारा स्थागित,
– २०७९ को लिग पनि नगर्ने अनि २०७८ मा सम्पन्न लिग सकिएको वर्ष नाघिसक्दा पनि टिम तयारी बापत पाउनुपर्ने पैसा नपाएपछि अब क्लबहरुको पुरानो बाँकी बक्यौता रकम पाएपछि मात्र लिग लिगको छलफलमा बस्ने निर्णय गरेको,
– त्यहि २०७८ सालको तयारी खर्च नपाएका कारण २०८१ मंसिर ६ गते एन्फाले बोलाएको बैठकमा सहभागी नभएको
प्रेस विज्ञप्तीमा भनिएको छ: क्लबको पुरानो बाँकी पैसा दिनुहोस, बैठक डाक्नुहोस हामी उपस्थित हुन्छौं भन्दाभन्दै अधिकांश क्लबहरुको उपस्थिती बिना छलफलका नाममा एकलौटी निर्णय लादन खोजियो जुन हामीलाई कुनै पनि हालतमा स्विकार्य छैन । हामी स्वतन्त्र छौं, सहि र गलत बुझ्दछौं, आफ्नो हक अधिकारको ज्ञान राख्दछौं । न हामी हाम्रो जायज अडानबाट स्खलित हुन्छौ न त कसैबाट परिचालित नै । हामी हाम्रो अस्तित्व कायम राखी मौलिक हक अधिकार प्रति सजग हुदैं नेपाली फुटबललाई हृदयमा राखेर सक्रिय रुपमा अगाडी बढिरहेका छौं, बढिरहने छौं । हामी नेपाली फुटबलमा धेरै वर्षको इतिहासका साक्षी र सारथी क्लबहरु पनि हौं । तर हामी माथी फुटबल गर्न नचाहाने तत्वको रुपमा परिभाषित गर्न खोजिएको प्रति भने हामी घोर आपत्ति प्रकट गर्दछौं ।
क्लबहरुलाई तयारी गर्न लगाउने अनि लिग आफू रोक्ने । खर्च क्लबको हुने, क्षति चैं एन्फाले गराउने अनि त्यसको पूर्ति चैं कसले गर्ने ? “जसले गल्ती गर्छ उसैले खल्ती भर्छ” भन्ने उखान अझै सुन्न पाइन्छ ।













