अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , मंसिर १० । अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनले सन्न्यासको घोषणा गरेकी छन् ।

उनले आज इन्स्टाग्राममा लेख्दै सन्न्यासको घोषणा गरेकी हुन् । उनले पेरिस ओलम्पिक खेल्दै गर्दा नै आफूलाई अन्तिम ओलम्पिक हुनेछ भन्ने थाहा भएको उल्लेख गरेकी छन् ।

उनले स्विमिङ करियरमा शारीरिक र मानसिक रुपमा सबैथोक दिएकोमा आफूले गर्व गर्ने पनि बताएकी छन् । एम्मा म्याकेनले तीन ओलम्पिक खेलहरूमा ६ स्वर्णसहित १४ पदक जितेकी छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्