सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर ९ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्