धरहरा चढ्नका लागि दुई सय रुपैयाँ तिर्नुपर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ । सरकारले मंसिर ९ गतेदेखि सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्नका लागि नागरिकले दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बिशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति(गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क नेपाली नागरिकलाई दुई सय, सार्क देशका नागरिकलाई पाँच सय र सार्क देश बाहेक अन्य देशका नागरिकलाई एक हजार रुपैयाँ तोकिएको छ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णयसमेत भएको छ । दश वर्षमुनिका बालबालिका शुल्न नलाग्ने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्