काठमाडौँ । उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले मुलुकको कृषि क्षेत्रलाई अघि बढाउने गरि बैंकहरुले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तिय सन्देश बिमोचन गर्दै सिंहले कृषि क्षेत्रमा लगानी गरि यस क्षेत्रलाई अघि बढाउने गरि काम गर्न बैंकहरुलाई सुझाव दिनुभएको हो ।
कृषकको आर्थीक अवस्था सुधार्ने नीतिका साथ अघि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो । उहाले कृषि प्रधान देशमा किसानहरुको वित्तिय अवस्था सुधार गर्नमा कृषि विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो ।
अन्य बैंकहरुसंग प्रतिस्पर्धा गर्नेसक्ने गरि कृषकहरुलाई ध्यानमा राखेर कृषि विकास बैंकले आफूलाई अगाडी बढाउनुपर्ने उहाको भनाइ छ ।
त्यस्तै उहाले बैंकका कर्मचारीहरुको समस्यालाई पनि ध्यानमा राख्दै कृृषि विकास बैंकले सेवाग्राहीहरुलाई सहज सेवा दिनुपर्ने धारणा राख्नुभयो ।











