तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौं , ७ मंसिर । झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ ।

पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा गएको मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो । एन्फाका अनुसार लिग आउदाे माघ १३ गतेदेखि सञ्चालन हुनेछ ।

मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ । पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ ।  लिगका केही खेल दशरथ रङ्गशाला र बाँकी खेल एन्फा कम्पलेक्समा हुने पनि एन्फाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्