मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

 ५ मंसिर, काठमाडौं ।अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा पेरुलाई पराजित गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । मार्टिनेजले सो गोल लियोनेल मेसीको असिस्टमा गरेका थिए ।

यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै पेरुको भने १२ खेलमा केवल ७ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्