२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ ।चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो ।
कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ ।
सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ ।











