काठमाडौं , ३० कात्तिक । आजदेखि नेपालको बिजुली बंगालादेश निर्यात हुने भएको छ।
असोज १७ गते नेपाल, भारत र बंगाादेशबीच भएको त्रिपक्षिय सम्झौताअनुसार भोलिदेखि विद्युत निर्यात गर्न लागिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
नेपालबाट बंगालादेशमा विद्युत निर्यात गर्न भारतिय भूमि तथा प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले विद्युत निर्यातका लागि त्रिपक्षिय सम्झौता भएको थियो। सम्झौताअनुसार नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगादेशमा ४० मेगावाट बिजुली निर्यात गर्न पाउँछ।
हाल बंगालादेश निर्यात हुने बिजुली चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको रहने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले जनाकारी दिए। शुक्रबार दिउँसो १२ः४५ बजे सुरु हुने उद्घाटन कार्यक्रममा ऊर्जामन्त्रि दिपक खड्का, ऊर्जा सचिव सुरेश आचार्य, तीन वटै देशका मन्त्री एवं ऊर्जा सम्बन्धी व्यक्तिहरु सहभागी रहनेछन्। उद्धघाटन कार्यक्रम ऊर्जा मन्त्रालयमा हुनेछ।











