न्यूजील्याण्डविरुद्ध कुशल र आभिश्काको शतक, श्रीलंकाको शानदार जित

खबर बुक
  • ख-
  • ख
  • ख+

२९ कात्तिक, काठमाडौं । श्रीलंकाले न्यूजील्याण्डलाई ४५ रनले पराजित गरेको छ । एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलंकाले न्यूजील्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित गरेको हो ।

श्रीलंकाले ४९.२ ओभरमा ५ विकेट गुमाउदै ३२४ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएपछि न्यूजील्याण्डलाई २७ ओभरमा २२१ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य पछाएको न्यूजील्याण्डले २७ ओभरमा ९ विकट गुमाउदै १७५ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले कुशल मेण्डिजको १४३ र अभिश्का फेर्नानडोको १०० रनको मद्धतले ४९.२ ओभरमा ५ विकेट गुमाउदै ३२४ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्