बुधबार सेयर बजारमा गिरावट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक २८ । फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण हुँदा पनि बुधबार सेयर बजारमा गिरावट आएको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.१२ अंकले घटेको हो। 

आज १३ समूहमध्ये फाइनान्स समूहमा सर्वाधिक अर्थात् ४.२० प्रतिशतको वृद्धि देखिएको छ। यद्यपि, सूचक भने घटेर २७३४.८३ बिन्दुमा सीमित भएको हो। अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा रोकिएको थियो। 

आज नेप्सेमा कुल ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार भने कुल ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

बुधबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

आज सप्तकोशी विकास बैंक, सिर्जनशील लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।

यस्तै, कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्