विपी राजमार्ग पुनःनिर्माणबारे  जाइका को प्राविधिक टोलीद्धारा अवलोकन

खबर बुक
  • ख-
  • ख
  • ख+

बनेपा । बाढीपहिरोबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्ताराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ।

जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्म प्रतिवेदनसहित निर्णय आउने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए।

उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ। उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३० गते नेपालका लागि जापानी राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए।

जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र डिभिजन सडक कार्यालयले नै सुरु गर्ने भएको छ। सडक पुनःनिर्माण गर्न रु। सात अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।​

विपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास०अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ।

केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ।

धेरैजसो ठाउँमा खोला फर्काएर तथा खोलाको बाटो सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ। पुनःनिर्माण सडक दुई लेनको हुने जनाइएको छ।​

रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब दश किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्