भक्तपुरमा मध्यपुर महोत्सव आयोजना हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

भक्तपुर । आगामी पुष १२ गतदेखि भक्तपुरको मध्यपुर थिमिमा मध्यपुर महोत्सव आयोजना हुने भएको छ ।

मध्यपुर थिमि नगरपालिकाले शुक्रबार भक्तपुरमा पत्रकार सममेलन गर्दै नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्ने उदेश्यका साथ आगामी पुष १२ गतेदेखि १४ गतेसम्म मध्यपुर महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।

महोत्सवमा मध्यपुरथिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिने मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

थिमि शंखधरचोकदेपिख नगदेश र बोडे हुदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई प्रदर्शनी स्थलको रुपमा प्रस्तुत गरिने उहाले बताउनुभयो ।

महोत्सवको तयारी मूल आयोजक समिति गठन गरी द्रुतगतिमा अगाडि बढेको जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले महोत्सवमा मध्यपुरथिमि सम्पूर्ण क्षेत्रमा विविध कार्यक्रम आयोजना हुने बताउनुभयो ।

महोत्सवलाई सम्पन्न गर्न बिभिन्न स्रोतबाट व्यहोर्नेगरि करिव २ करोड रुपैया खर्च हुने र करिव ५ लाख स्वदेशी तथा विदेशीले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्