काठमाडौँ । आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै बुधवार चाँदीको मूल्य भने घटेको छ । मङ्गलवार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासङ्घले जनाएको छ ।











