काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । खेल डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ। अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।
घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ। अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो।
स्कटल्यान्डविरुद्ध भने नेपाल तीन ओडिआइ यता अपराजित छ। जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो।











