सुनको भाउमा आज पनि नयाँ कीर्तिमान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ । सुनको भाउले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीमा २० रुपैयाँले घटेर दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्