अनुमति बिना काठमाडौं आएपछि थाइ एयर एसिया कारबाहीमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक ११ । अनुमति बिना काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। प्राधिकरणले आइतबार अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई कारबाही गरेको हो। 

उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि प्राधिकरणले अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नियमित उडान र जिएसए (युनिभर्सल टुर्स एण्ड ट्राभल्स)लाई टिकट काट्न रोक लगाएको छ। 

प्राधिकरणकाअनुसार आइतबारबाट सुरू भएको विन्टर सेड्युलमा थाइको आइतबार उडान नभएपनि नेपाल आएको थियो। शनिबारबाट समर सेड्युल सकिसकेको थियो।

थाइले आजबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भनेको थियो। यद्यपि थाइ सिधैं काठमाडौं आएपछि करिब ३० मिनेटसम्म जहाज होल्ड गराइएको थियो। 

पछि, अवतरण अनुमति दिएपछि झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्