स्वादिष्ट चियाको लागि सुजलको ‘डिलाइट डेरी व्हाइटनर’

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ , कात्तिक ९ । सुजल फुड्स प्रालिले चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने ‘डिलाइट डेरी व्हाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ।

नेपालको अग्रणी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो उत्पादन ‘डिलाइट डेरी व्हाइटनर’ पाउडर दूध बजारमा ल्याएको हो।

देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी ‘डिलाइट डेरी व्हाइटनर’ तयार पारिएकाले यो शत प्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ। 

अन्य पाउडर दुधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको छ। आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भइ प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। ‘डिलाइट डेरी व्हाइटनर’ बाक्लो क्रिमी र स्वादिष्ट छ। 

गाई र भैंसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ। 

‘डिलाइट डेरी व्हाइटनर’ नेपालभरी भाटभटेनी, सेल्स बेरी, बिगमार्ट जस्ता प्रमुख स्टोरहरू, विभिन्न किराना पसलहरू र अनलाइन सपिङ साइटहरूमा उपलब्ध छ।

‘डिलाइट डेरी व्हाइटनर’ दराज (Daraz), ठूलो डटकम (Thulo.com), र स्मार्टडोको जस्ता ई-कमर्स साइटहरूमा पनि उपलब्ध रहेकाे सुजलले जनाइएकाे छ ।

‘डिलाइट डेरी व्हाइटनर’ दुई SKU ४०० ग्रामका लागि ४७० र ८०० ग्रामका लागि ९०० रुपैयाँ कायम गरिएको छ।

‘डिलाइट डेरी व्हाइटनर’ बाट यसरी बनाउनुहाेस मिठाे चिया :

सुरुमा आफ्नो मनपर्ने चियालाई पानीमा चिनी, अलैंची र अदुवासँग उमाल्नुहोस् ।

चिया उम्लिरहँदा २५ ग्राम डिलाइट डेरी व्हाइटनरलाई १८० मिलि मन तातो पानीमा मिलाएर २०० मिलि क्रीमयुक्त दूध तयार गरी त्यसलाइ चियामा हाल्नुहोस् र पाउनुहोस् स्वादिलो चिया, जसले स्वादलाई पूर्णता दिएर न्यानोपनको अनुभुती दिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्