एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौँ , कात्तिक ९ ।  एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ ।

कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो । समूह ‘एफ’ मा  नेपाल रहेको टोलीमा जापानसँगै, कतार, र मङ्गोलिया छन् । नेपालले पर्सि आइतवार मङ्गोलियासँग खेल्नेछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्