टिकेन नेप्सेको सुधार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक ७ । सेयर बजार २० अंकले घटेको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा सीमित भएको छ। 

अघिल्लो कारोबार दिन मंगलबार नेप्से २५.८८ अंकले बढेको भएपनि आज फेरि घटेको हो। मंगलबार अघिको दुई कारोबार दिनमा पनि नेप्सेमा गिरावट आएको थियो। 

बुधबार नेप्सेमा कुल ६ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

बुधबार कारोबारमा आएकामध्ये ७६ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्