काठमाडौं, कार्तिक ६ । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवार निकटका नातेदारलाई ५ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ। सरकारले प्रतिमृतक दुई लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले बताएको हो।
मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ। बाढीपहिरोमा परी २३८ जनाले ज्यान गुमाएका थिए।
१७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ। पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।











