नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक ५ । काठमाडौंको त्रिपुरेश्वरस्थ्ति दशरथ रंगशालामा आज भएको साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समाथी गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११(० गोलले हरायो ।

नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरेका छन । नेपाललाई जितका लागी रेखाले ५ र प्रीतिले ३ गोल गरे ।

खेलमा पहिलो गोल नेपालले सातौं मिनेटमा गरेको थियो । प्रीतिले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्