दुई दिनमा १०५ अंकले घट्यो नेप्से

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक ५ । दुई दिनमा सेयर बजार १०५ अंकले घटेको छ। गत सातासम्म लगातार बढेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको दुई कारोबार दिनमा भने १०५ अंकले घटेको हो।

अघिल्लो कारोबार दिन आइतबार ४७.४४ अंकले घट्दै २६९७.९१ बिन्दुमा बन्द भएको नेप्से सोमबार पनि ५७.९९ अंकले घट्दै २६३९.९२ बिन्दुमा सीमित भएको छ। आइतबार अघिका चार कारोबार दिनमा भने नेप्से चारै दिन उकालो लागेको थियो।

सोमबार सूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल ५ अर्ब ७२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

सोमबार कारोबारमा आएका मध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको भने घटेको छ। त्यस्तै, एक कम्पनीको सेयर मुल्य भने स्थिर छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्