प्रभु बैंकले २ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्री खुलायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , कार्तिक २ । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। 

सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संस्थाले कात्तिक २ देखि १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ। 

बैंकले यसअघि विद्यमान संस्थापकलाई सेयर बिक्री खुला गर्दा मागेजति आवेदन नपरेपछि अन्य लगानीकर्ताका लागि बिक्री खुलाएको हो।बैंकले संस्थापक सेयर बिक्री खुलाए पनि मूल्य तोकेको छैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्