सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक १ । तीन कारोबार दिनमा सेयर बजार ७७ अंकले बढेको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा रोकिएसँगै तीन कारोबार दिनमा ७७ अंकको वृद्धि भएको हो। 

यसअघि नेप्से बुधबार ४३.२२ अंक र मंगलबार ३१.४८ अंकले बढेको थियो। दसैं अघिको अन्तिम कारोबार दिन असोज २३ गते बुधबार पनि नेप्से ४.८५ अंकले बढ्दै बन्द भएको थियो।

बिहीबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बिहीबार कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्