प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड दाखिला

खबर बुक
  • ख-
  • ख
  • ख+

 १ कात्तिक, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम बुधबार असोज ३० सम्मको हो। 

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले रकम उपलब्ध गराएका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनले ६१ लाख, गैरआवासीय नेपाली संगठनले ५१ लाख तथा राष्ट्रिय समाचार समिति ३ लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन्।

यसैगरी कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्स्याेरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्